सगरमाथा
From Wikipedia
सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउँछ। सगरमाथा हिमाल सगरमाथा अञ्चल
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट)छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा सर एवरेष्टको नाममा Mt. Everest नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा [१] पनि भन्ने गरेको पाईन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए।
[edit] अन्य प्रयोगहरु
सगरमाथा नेपालको १४ अञ्चल मध्ये एक अञ्चल हो ।