पृथ्वी नारायण शाह

From Wikipedia

Jump to: navigation, search

पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पाहडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । बि.सं. १७७९ मा यिनको जन्म भएको थियो । बि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वीनारयण शाह गोरखाका राजा भएका थिए ।आधुनीक नेपालका जम्मदाता हुन यिनले नै साना साना राज्य हरूमा विभाजीत नेपाल लाइ एकिकृत गर्न शुरूगरे, नेपाल प्राचिन काल देखी एकिकृत हुदै विभाजित हूदै गरिरहेको थियो हुन त पृथ्वी नरायण शाह अगाडी पनी उपत्यका का राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाल लाइ माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जिवनकाल का बाडेर गए ।तर पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाल लाइ पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए ।

पृथ्वी नारायण शाह ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंस लाइ पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए ।बि.सं. १८३१मा पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनी नेपाल एकिकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा राजकुमार बाहदुर शाह लगायत ले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अंग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनी भनिन्छ पछी भयो ।

उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठुलो बिशाल नेपाल को इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भुभाग ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकार लाइ सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनी त्याग्नु पर्यो । तर बृटीस ले नेपाल लाइ १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जंगवाहदुरको क्रिया कलाप बाट खुसी भएर राप्ती देखीमाहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।

Template:Stub

Template:बाकस-सुरू Template:पदक्रम Template:पदक्रम Template:बाकस-अन्त्य